काठमाडौंमा आज कुन तरकारीको भाउ कति छ ?

काठमाडौंमा आज कुन तरकारीको भाउ कति छ ?


काठमाडौंमा आज गोलभेँडाको भाउ स्थिर छ। नेपालीभन्दा र भारतीय ठूलो गोलभेँडा किलोमा १० रूपैयाँ महँगो छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेँडाको भाउ ४० देखि ५० रूपैयाँ प्रतिकिलो छ भने भारतीय ठूलो गोलभेँडाका भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ। लोकल सानो गोलभेँडा १० देखि  १५ रूपैयाँ प्रतिकिलो तोकिँदा टनेलको सानो गोलभेँडाको भाउ १४ देख २० रूपैयाँ प्रतिकिलो छ।

आज आलुको भाउ पनि स्थिर नै छ। भारतीय रातो आलुको भाउ २८ देखि  ३० रूपैयाँ प्रतिकिलो रहँदा नेपाली रातो आलुको भाउ ३३ देखि ३५ रूपैयाँ प्रतिकिलो छ।

प्याजको भाउ पन आज घटबढ भएको छैन। भारतीय प्याज ८० देखि ८५ रूपैयाँ प्रतिकिलो र चिनियाँ प्याजको ६० देखि ६५ रूपैयाँ प्रतिकिलो भाउ निर्धारण गरिएको छ।

आज लोकल काउली २५ देखि ३५ रूपैयाँ, लोकल बन्दा २५ देखि ३५ रूपैयाँ, लोकल सेतो मूला १० देखि १५ रूपैयाँ, लाम्चो भन्दा ३५ देखि ४५ रूपैयाँ, मकै बोडी ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।

त्यस्तो रायो साग प्रतिकिलो ३५ देखि ४५ रूपैयाँ, तोरीको साग ४० देखि ५० रूपैयाँ, पालुगो, चम्सुर र मेथीको सागको भाउ  ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।

Skip This
Logo