१५ माघ २०७८ शनिबार
1
1
1

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालन

1
1
1
1
1
1
1
1
1

काठमाडौं ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याब स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरे । नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न उनले आग्रह गरिन् । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने उनले बताइन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट’ मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको बताए । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनु पर्ने दायित्व भएको उनले बताए ।

यो सँगै देशभरी पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन् । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ । त्रिविसँग तीन वटा पीसीआर मेसिन रहेका छन् । त्रिविले देशभरी रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि ३ वटै तहका सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित: १२ जेठ २०७७ १३:५७ सोमबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी