२० मंसिर २०७८ सोमबार

थपिए ४७६ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १३,२४८ पुग्यो

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ जना पुगेको छ । आज ४७६ जना थपिएका छन् । आइतबार ४६३ थपिएका थिए । शनिबार ५५४ जना थपिएका थिए । शुक्रबार ५९३ जना थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।

यस्तै उपचारपछि निको हुनेको संख्या ३ हजार १३४ जना पुगेको छ । आज १२१ जना निको भएका छन् । आइतबार १७९ जना निको भएका थिए । शनिबार १३६ जना निको भएका थिए । शुक्रबार ४८ जना निको भएका थिए ।

मृतकहरुको संख्या २९ जना पुगेको छ । नेपालका सबै जिल्लामा संक्रमित भेटिएका छन् ।

प्रकाशित: १५ असार २०७७ १६:२५ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी