स्वास्थ्य प्रदेश २

थपिए २२४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १९,७७१ पुग्यो

15 Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । आज २२४ जना थपिएका छन् । विहिबार २७४ जना थपिएका थिए । बुधबार २१० जना थपिएका थिए । मंगलबार ३११ थपिएका थिए । यस्तै सोमबार १३९ जना थपिएका थिए । आज १० हजार बढीको पिसिआर परिक्षण गरिएको थियो । अब सक्रिय संक्रमितको संख्या ५,३१६ बाँकी छ ।

यस्तै निको हुनेको संख्या १४ हजार ३९९ जना पुगेको छ । आज १५१ जना निको भएका छन् । विहिबार २२७ जना निको भएका थिए । बुधबार १४६ जना निको भएका थिए । यस्तै मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । ७२.८ प्रतिशत निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

प्रकाशित: १६ श्रावण २०७७ १६:२९ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी