९ जेठ २०७९ सोमबार
1
1
1
1

भक्तपुरमा समुदायस्तरमै कोरोना : सङ्क्रमितको कूल संख्या ३०७ पुग्यो

1
1
1
1
1
1

भक्तपुर ।

भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । आजसम्म जिल्लामा ११३ महिला र १९४ पुरुष गरी कूल ३०७ मा कोरोना सङ्क्रमण भएको कोभिड सूचना व्यवस्थापन केन्द्रका अस्मिता पवनले जानकारी दिइन् । मध्यपुरथिमि नगरपालिकामा ५१ महिला र ६३ पुरुष गरी ११४ मा सङ्क्रमण रहेको बताइएको छ ।

मध्यपुरथिमिपछि सूर्यविनायक नगरपालिका क्षेत्रमा सङ्क्रमण बढ्दै छ । सूर्यविनायकमा २७ महिला र ५० पुरुष गरी ७७, भक्तपुर नगरपालिकामा २२ पुरुष र २५ महिला गरी ४७ र सबभन्दा कम चाँगुनारायण नगरपालिकामा सशस्त्र प्रहरीसहित पाँच महिला र ३४ पुरुष गरी ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा थप भएकामा भक्तपुर नगरपालिकामा एक महिलासहित तीन पुरुष, मध्यपुरथिमिमा एक नौ वर्षीय बालक र ६ महिला र सूर्यविनायकमा एक पुरुष र दुई महिलामा कोरोना सङ्क्रमण भएको छ भने चाँगुनारायणमा सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

चाँगुनारायण नगरपालिका अन्तर्गत सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटमा कार्यरत २० प्रहरीलाई गत शनिवार एकैसाथ सङ्क्रमण देखिएको थियो । चाँगुनारायणको स्थानीयस्तरमा भने महिला पाँच र पुरुष १४ रहेको केन्द्रका पवनले जानकारी दिए । सङ्क्रमितमध्ये दुइको मृत्यु भएको, ६४ निको भएर घर फर्किएको, ९१ जना होम आइसोलेसनमा रहेको, दुइ जना सम्पर्कमै नआएको, डाक्टर तथा नर्स गरी तीन जनाको अन्यत्र उपचार भइरहेको तथा केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको आइसोलेसनमा ११ महिला र पाँच पुरुष छन् । विदेशबाट आएका तर लक्षण नदेखिएका सङ्क्रमितलाई पनि यहाँ राख्ने गरिएको छ ।

प्रकाशित: ९ भदौ २०७७ ०८:४७ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी