१५ माघ २०७८ शनिबार
1
1
1

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुग्यो, आज १२ जना थपिए

1
1
1
1
1
1
1
1
1

काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ । आज १२ जना थपिएका छन् । विहिबार पनि ८ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ३६,४५६ पुगेको छ । आज ९२७ जना थपिएका छन् । विहिबार १,१११ जना थपिएका थिए। बुधबार ८८५ जना थपिएका थिए ।

काठमाडौं उपत्यकामा आज ४१५ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना थपिएका हुन् ।

काठमाडौंमा विहिबार ३७७ जना थपिएका थिए । बुधबार पनि ३०१ जना थपिएका थिए । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या ४,८११ पुगेको छ । आज १० हजार २२९ पिसिआर गरिएको थियो ।

यस्तै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ । आज १६९ जना निको भएका छन् । विहिबार ५६९ जना निको भएका थिए ।

प्रकाशित: १२ भदौ २०७७ १६:३८ शुक्रबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी