२० असार २०७९ सोमबार
1
1
1
1

काठमाडौं उपत्यकामा आज ६७६ जना संक्रमित थपिए

1
1
1
1

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६७६ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना थपिएका हुन् ।

अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १०,५८१, भक्तपुरमा १,११७ र ललितपुरमा १,२२६ पुगेको छ । यो सँगै उपत्यकामा अब संक्रमितको संख्या १२,९२४ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । आज निको हुनेको संख्या १,०६२ छ । सोमबार ८७९ जना निको भएका थिए । आइतबार १,१७३ जना निको भएका थिए । शनिबार ८५२ जना निको भएका थिए । आज सक्रिय संक्रमितको संख्या १५,७७९ छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ । शनिबार १४ जनाको मृत्यु भएको थियो । आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार १५ जनाको मृत्यु भएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या ५६,७८८ पुगेको छ । आज १,४५९ जना थपिएका छन् । सोमबार १,१७० जना थपिएका थिए । आइतबार १,०३९ जना थपिएका थिए । यस्तै शनिबार १,२०१ जना थपिएका थिए ।

प्रकाशित: ३० भदौ २०७७ १६:४० मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी