1
1
1
1
1

नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइयो

1
1
1
1
1
1

काठमाडौं । बिहीबार अक्टोबर ८ तारिखका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको छ । नेपाल आँखा अस्पताल त्रिपुरेश्वमा विशेष कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइएको हो । अस्पतालका मेडिकल निर्देशक डा. कमल खड्काले मानिसहरुलाई आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ भन्ने जानकारी गराउने मुख्य उद्देश्यसहित विश्व दृष्टि दिवस मनाइएको बताए ।

आँखामा सानो हेलचेक्रयाई गर्दा समेत ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा उनको जोड छ । आँखामा घाउ हुँदा तथा मोतिविन्दु हुँदा मानिसहरु डराउने गरेको पाइएकोले समयमै उपचार गरेमा निको हुने उनको भनाइ छ । मधुमेह रोग लागेका तथा उमेर बढी भएका मानिसहरुले आँखाको उपचार नियमित रुपमा गर्नुपर्ने डा. खड्का बताउँछन् ।

नेत्ररोग विशेषज्ञ डा. किरण शाक्यले मधुमेहका कारण आँखाको रेटिनामा असर पर्ने भएकाले मधुमेहका बिरामीले विशेष ख्याल गर्नुपर्नेमा जोड दिए । मधुमेह भएका बिरामीमा आँखाको दृष्टि गुम्ने, आँखाबाट रगत बग्नेलगायतका समस्या देखिने गरेको उनको अनुभव छ । विश्व आँखा दिवसको अवसरमा खासगरी मधुमेहका बिरामीलाई आँखाको सुरक्षा कसरी गर्ने भन्ने सम्बन्धमा जानकारी दिन खोजिएको डा. शाक्यले बताए ।

त्यस्तैगरी विश्वमा प्रत्येक ८ जना आँखाको बिरामीमध्ये एक जना मधुमेहका कारण बिरामी भएको तथ्याङ्क रहेको र नेपालमा ४ जनामध्ये १ जना मधुमेहको कारण आँखाको समस्या आउने तथ्याङ्क रहेको डा. शाक्यले बताए । विश्व दृष्टि दिवसकै अवसरमा नेपालका विभिन्न आँखा अस्पतालहरुमा विशेष कार्यक्रम गरी मनाइएको छ ।

प्रकाशित: २२ असोज २०७७ १४:२८ बिहीबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी