काठमाडौं ।
कोरोनाबाट देशभर निको हुनेको संख्या ७४ हजार २५२ पुगेको छ । आज निको हुनेको संख्या १ हजार २२९ छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । आज मात्र १४ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । आज ५ हजार ८ जना थपिएका छन् ।
काठमाडौं उपत्यकामा आज २ हजार ६७२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २ हजार १०० , भक्तपुरमा २०३ र ललितपुरमा ३७९ जना थपिएका हुन् ।
यससँगै, काठमाडौंमा ३२ हजार ५९७, ललितपुरमा ४ हजार ५५३ र भक्तपुरमा ३ हजार २५२ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । उपत्यकामा कूल संक्रमितको संख्या ४० हजार ३९२ पुगेको छ ।
आजको पिसिआर परीक्षण १९ हजार ३२० रहेको छ । आज ३० हजार ८१८ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
प्रकाशित: २४ असोज २०७७ १६:३९ शनिबार