१४ माघ २०७८ शुक्रबार

काभ्रेमा आज १३ जना कोरोना संक्रमित थपिए, ३७ जना निको भए

काभ्रे ।

काभ्रेमा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ३७ जना निको भएका छन् । शनिबार ६४ जना थपिएका थिए । शुक्रबार पनि ४४ जनामा कोरोना संक्रमण देखिएको थियो भने ५ जना निको भएका थिए । विहिबार २९ जना नयाँ संक्रमित थपिएका छन् ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ६८३ पुगेको छ ।

संक्रमित मध्ये १ हजार १४९ जना निको भएका छन् । जिल्लामा ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १२ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाबाट ५, धुलिखेलका ५, पनौतीका ८, नमोबुद्धका १, मण्डनदेउपुरका २ र पाँचखालका १ जना छन् ।

यस्तै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ६२० छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । आज २ हजार ८२४ जना नयाँ संक्रमित थपिएका छन् ।

आजको पिसिआर परीक्षण १३ हजार २३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ५६ हजार ३६६ रहेको छ । आज ३७ हजार ७६५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६२२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३६२, ललितपुरमा १६४ र भक्तपुरमा ९६ जना कोरोना संक्रमित भेटिएका छन् ।

यससँगै, काठमाडौंमा ६३ हजार ५१, ललितपुरमा ८ हजार ८८२ र भक्तपुरमा ५ हजार ७६९ संक्रमित पुगेको छ । उपत्यकामा कूल संक्रमितको संख्या ७७ हजार ७०२ पुगेको छ ।

प्रकाशित: १६ कात्तिक २०७७ १६:४९ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी