१९ मंसिर २०७८ आइतबार

काभ्रेमा आज ९ जना कोरोना संक्रमित थपिए, ११३ निको भए

काभ्रे ।
काभ्रेमा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ११३ जना निको भएका छन् ।

मंगलबार ५४ जना थपिएका र ३८ जना निको भएका थिए । सोमबार ९० जना थपिएका थिए भने ७७ जना निको भएका थिए । यस्तै आइतबार १३ जना थपिएका थिए भने ३७ जना निको भएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ८३८ पुगेको छ । संक्रमित मध्ये १ हजार ३७७ जना निको भएका छन् । जिल्लामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १२ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाबाट ६, मण्डनदेउपुरका १ र पाँचखालका २ जना छन् ।

प्रकाशित: १९ कात्तिक २०७७ १७:२६ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी