१९ मंसिर २०७८ आइतबार

काभ्रेमा आज ६५ जना कोरोना संक्रमित थपिए, १७ निको भए

काभ्रे ।

काभ्रेमा आज ६५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज १७ जना निको भएका छन् ।

बुधबार ९ जना थपिएका थिए भने ११३ जना निको भएका थिए । मंगलबार ५४ जना थपिएका र ३८ जना निको भएका थिए । यस्तै सोमबार ९० जना थपिएका थिए भने ७७ जना निको भएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ९०३ पुगेको छ । संक्रमित मध्ये १ हजार ३९४ जना निको भएका छन् । जिल्लामा ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाबाट २२, धुलिखेलबाट ३०, मण्डनदेउपुरका ३, पनौतीका ४, तेमालबाट १, भुम्लुबाट १, नमोबुद्धबाट १ र पाँचखालका ३ जना छन् ।

यस्तै काठमाडौं उपत्यका आज १ हजार ३९८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ६८ हजार ४४९ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार २३२ जना कोरोना संक्रमित छन् । ललितपुरमा ९ हजार ६६३ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ८४ हजार ३४४ पुगेको छ ।

यसैगरि नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । आज ३ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ४३० छ ।

आजको पिसिआर परीक्षण १३ हजार ६८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ७ हजार १९० रहेको छ । आज ३६ हजार ५१४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

प्रकाशित: २० कात्तिक २०७७ १७:१४ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी