1
1
1
1

अभिनेत्री ऋचा शर्माको कोरोना अनुभव, 'भाइरस ठूलो होइन तर हेप्नु पनि हुँदैन' (भिडियो)

1
1
1
1
1
1

काठमाडाैं ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसले नेपाली कलाकारहरुमा पनि प्रभाव पर्न थालिसकेको छ ।

केहि समय अघि अभिनेत्री ऋचा शर्मा पनि यस भाइरसको चपेटामा परेकी थिइन् । आफू संक्रमण मुक्त भएको कुरा उनले गत नोभेम्बर ४ मा सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन् । रिपोर्ट अनुसार उनको नोभेम्बर ३ मा गरिएको कोभिड परीक्षणमा नेगेटिभ आएको थियो । धेरै शुभचिन्तक हरुको आग्रह पश्चात ऋचाले आफू संक्रमित हुँदाको आफ्नो अनुभव शेयर गरेकी छिन् ।

उनले आफ्नो युट्युव च्यानलमा एक भिडियो बनाएर आफ्ना अनुभव सुनाएकी हुन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेका सबै मापदण्डहरु कडाईका साथ पालना गर्दा गर्दै पनि उनी संक्रमित भएकी थिइन् । टाउको दुख्ने, ज्वरो आउने, गन्ध थाहा नपाउने जस्ता लक्षणहरु आफूमा देखिएपछि परीक्षण गराएकी ऋचाले आफू संक्रमित भएको पत्ता लाग्ने बित्तिकै आईसोलेशनमा बसेकी थिइन् । चिकित्सकको सल्लाहमा सामान्य रुघाखोकी लाग्दा खाने औषधिको बिहान, बेलुका सेवन गरे पनि घरेलु पद्धतिबाट आफूलाई सन्चो भएको उनको अनुभव छ ।

आईसोलेसनमा रहँदा हरेक दिन बिहान बेलुका बाफ लिने, नुन पानीले कुल्ला गर्ने तातोपानी पिउने लगायतले उनको शरीरमा सुधार ल्याउन मद्दत गरेको । योगा गर्ने, ध्यान गर्ने, व्यायाम गर्ने लगायतले मन मस्तिस्कलाई तन्दुरुस्त राख्न सहयोग गरेको उनी बताउँछिन् । खानामा पनि सामान्य तर सन्तुलन र समय मिलाएर दाल, भात, तरकारी, मासु खाने गरेको उनले भिडियोमा बताएकी छिन् । उनी कोरोनालाई धेरै ठूलो मानेर नआत्तिन सुझाउँछिन् । यस भाइरसलाई जित्न मानसिक रुपमा बलियो रहनुपर्ने उनको भनाई छ ।

मस्तिष्कलाई नकारात्मकता तर्फ ढाल्न नदिन आईसोलेसनमा बस्दा पुस्तक पढ्ने, चलचित्र हेर्ने, चलचित्रमा पनि कमेडी चलचित्रहरु हेर्न उनी सुझौछिन् । सबैमा देखिने लक्षण फरक फरक हुने हुँदा सामान्य रुपमा पनि लिन नहुने उनी बताउँछिन् । घर परिवारका सबै सदस्य मिली संक्रमितको स्याहार सुसार गर्ने , पौष्टिक तत्व भएका खाना खुवाउने वातावरण सफा राख्ने र उसको आत्मबल बलियो बनाएमा यस भाइरसलाई सजिलै जित्न सकिने उनको भनाई छ ।

प्रकाशित: २५ कात्तिक २०७७ ०९:२२ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी