१४ माघ २०७८ शुक्रबार

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो, आज २ हजार ५६९ जना थपिए

काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । आज २ हजार ५६९ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७४ पुगेको छ । आज मात्र २६ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ६६६ छ ।

आजको पिसिआर परीक्षण १० हजार ८१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ७४ हजार २९५ रहेको छ । आज ३८ हजार ३५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज १ हजार २६१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ९७६, भक्तपुरमा ८१ र ललितपुरमा २०४ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ७५ हजार ३२० जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ७६५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १० हजार ७५१ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९२ हजार ८३६ पुगेको छ ।

प्रकाशित: २६ कात्तिक २०७७ १६:२९ बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी