काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । आज १ हजार १९७ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ९३४ छ ।
आजको पिसिआर परीक्षण ४ हजार ८३२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख १३ हजार ९११ रहेको छ । आज ३३ हजार ३७९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
प्रकाशित: १ मंसिर २०७७ १७:३६ सोमबार