१४ माघ २०७८ शुक्रबार

गण्डकी प्रदेशमा कोरोनाका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुग्यो

कास्की ।

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । भाइटीकाको दिन सोमबार पोखरामा एक कोरोना सङ्क्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० वर्षीय कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

कात्तिक ३० गते कोराना सङ्क्रमण पुष्टि भई उपचाररत पुरुषको सोमवार ५ः२२ बजे निधन भएको निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित: २ मंसिर २०७७ ०६:४३ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी