1
1
1
1

कोरोना संक्रमणपछि कुन–कुन औषधि खाने, कसरी क्षति न्यूनिकरण गर्ने ? यस्तो छ डा.संजिव ह्योजुको सल्लाह (भिडियो)

1
1
1
1
1
1

काठमाडौं ।

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ विश्व समुदायका लागि चुनौतिको विषय बनेको छ । मानिसहरू यसबाट कसरी मुक्त हुन सकिन्छ भन्ने सोध तथा अनुसन्धानमा लागि परेका छन् । कोरोना लाग्न नदिन अनेकौं उपायहरू अपनाइरहेका छन् भने कोरोना लागे पनि यसबाट कसरी छिट्टै मुक्त हुन सकिन्छ भन्ने चिन्तनमा विश्व समुदाय लागि परेका छन् ।

यसैबीच अमेरिकामा बस्दै आएका सर्जन साइन्टिस्ट डा. संजिव ह्योजुले कोरोना संक्रमितहरूको क्षति न्युनिकरणका लागि सहजै प्रयोग गर्न सकिने केही औषधिहरू यहाँ उल्लेख गरेका छन् । प्रस्तुत छ, उनै डा.ह्योजुसँग केन्द्रविन्दुका लागि मनोज न्यौपानेले गरेको भचुर्अल अन्तर्वार्ताको दोस्रो अंश :

 

(पहिलो अंश यहाँ पढ्नुहोस्)

सामान्य मान्छेले कोरोना भाइरस सर्न नदिन कस्ता कस्ता उपाय अपनाउन सक्छन् ?

न्युनिकरण भनेको, लाग्न नदिने र सर्न नदिने एउटा कुरा हो । तथापि, यसलाई लाग्न नदिने भन्नेकुरा निकै गाह्रो नै हुन्छ । यो विश्वमा जताततै फैलिरहेको भएपनि खास गरेर नेपालको परिप्रेक्षमा म भनिरहेको छु कि, जसरी भएपनि कुनै न कुनै माध्यमबाट कोभिड देखा पर्छ नै, यो जसरी भएपनि सर्न सक्छ । आजको दिनमा आएर अब, यसलाई लाग्न दिन्न भनेर सोचेर बस्नु समयसापेक्ष हुन्छ जस्तो लाग्दैन ।

अर्को जान्नु पर्ने कुरा के छ भने संक्रमितमा भाइरस सर्ने क्रममा कुन मात्रामा सर्यो भन्ने विषयले विशेष अर्थ राख्छ । अर्थात् श्वासप्रश्वासबाट भाइरस सर्दा भाइरस लोड कति भयो भन्ने कुराले अर्थ राख्छ । भाइरस सरेको समय हामीमा १/२ वटा, सयवटा अथवा लाखौं भाइरसहरू लोड भयो या कति मात्रामा भयो त्यही अनुरुप आवश्यक मात्रामा इम्युन सिस्टम सक्रिय हुने हो । त्यसकारण भाइरस नियन्त्रण र न्युनिकरण भन्दा यसको लोडेड मात्रा कम गराउने प्रयास भने हदैसम्म गराउनु पर्ने देखिन्छ ।

त्यसका लागि, मास्क प्रयोग गर्ने, बन्द कोठामा धेरै जना नबस्ने, हुलमुल र भिडभाडमा नजाने तथा, उच्च जोखिम भएको व्यक्तिहरू अन्य व्यक्तिहरूको पहुँचसम्म नजानु नै सबै भन्दा राम्रो हुन जान्छ ।

एउटा संक्रमण भइसकेको व्यक्तिको मानवीय क्षति हुन नदिन गर्नुपर्ने सावधानी र भ्याक्सिन आउनु अगावै गर्न सकिने सरल उपचार पद्धति चाहिँ के के हुन सक्छन् ?

विश्वमा कोभिड भ्याक्सिनका लागि विभिन्न कामहरू भइरहेकै छन् । तर, हामी नेपालीहरूको प्रसंगमा कुरा गर्दा पहिलो त हामी यसबाट डराउनु भएन । मानसिक रूपमा हामी बलियो बन्नु पर्दछ । यसलाई डराएर लुकाएर बस्नु हुँदैन । म अमेरिकामा बसेर पनि भक्तपुरका केही घटना सुनेको छु कि संक्रमितहरू डराएर घरमै बसेका छन् । रोगले आक्रान्त हुँदा पनि समाजको डरले उनीहरू रोग लुकाएर बसेका छन् । मेरा आफ्नै आफन्त समेत यस्तो गलत तरिकाबाट भाइरस संक्रमणपछि पनि कोभिड चेक नगर्ने, आइसोलेसनमा बस्न, अस्पताल बस्न अथवा छरछिमेकको डरले कसैलाई नभनी बसेको अवस्था छ ।

यस्तो अवस्था आफैंमा गम्भिर त हो, तर एक हिसाबमा स्वास्थ्य मानिसका लागि यो आफैं निको हुन्छ भन्ने आत्म विश्वास ठिकै पनि हो । तर, कतिपय मानिसहरू एकदमै गाह्रो भएर इमरजेन्सी अस्पताल भर्ना हुनुपर्ने अवस्था पनि देखिएको छ । यस्तो अवस्थामा अब, कोही कसैले पनि कोभिडसँग डराउनु भएन । आफूमा देखा परेका समस्या सेयर गर्न डराउनु, लजाउनु भएन र सम्बन्धित विज्ञहरू सल्लाह परामर्श लिन चुक्नु हुँदैन ।

कोभिड लाग्दैमा कसैलाई गाह्रो हुँदैन, तर यसलाई बेवास्ता गरिन्छ भने चाँहि अवस्था गाह्रो हुँदै जाने हो ।

अब, घरमा बसेर कोभिड लागेको संक्रमितले के के गर्न सक्छ त भन्ने कुरा रह्यो । त्यसमा आफू पूर्ण सचेत रहने । आफ्नो स्वास्थ्यको पूर्ण ख्याल राख्ने । जस्तो कि, थर्मोमिटरले ६–६ घण्टामा ज्वरो नाम्ने, अक्सिजनको मात्रा लिने, बल्ड प्रेसर लिइराख्ने गर्नु पर्छ । जसले शरीरको स्वास्थ्य अवस्थाको अपडेट रहिरहन्छ । यस्तो गर्नाले कुनै पनि विज्ञहरूसँग रोगको बारेमा बताउँदा विज्ञले पनि विरामीका अवस्था सहजै थाहा पाउन सकोस् र सोही अनुसारको सल्लाह दिन सकियोस्, उपचारका लागि सहजै योजना बनाउन सकियोस् ।

अब, औषधिको कुरा गर्दा, साधारण टाउको दुःखाई, साधारण ज्वरो आएमा पारा सिटामोल, फ्लेक्जन, निको जस्ता औषधिहरूको सेवनले पनि कोभिडको असरलाई कम गर्न सहयोग पुर्याउँछ । अर्कातर्फ यसमा सुरुमै एन्टिबायोटिक खानै पर्छ भन्ने छैन । नेपालमा सामान्य अवस्थामा पनि एन्टिबायोटिक औषधि चलाउने अभ्यास छ । यो आफैंमा नराम्रो पक्ष हो । तर, कोभिडको प्रसंगमा त्यस्ता केही औषधि चलाएमा यसको असर कम हुन सक्छ ।

ग्याष्ट्रिकका लागि चलाउने ‘फामोटिडिन’ नामक औषधिले पनि कोभिडको असर कम गर्छ भन्ने अध्ययन अनुसन्धानले प्रमाणित गरिसकेको विषय हो । जुन औषधि नेपालमा पनि पाइन्छ । अझ अर्को म आफैंले पनि अध्ययन गरेर प्रयोगमा ल्याएको र निकै प्रभाकारी औषधि ‘क्लोनिडिन’ पनि हो । यसले निकै गम्भिर अवस्थामा पुगेको विरामीलाई पनि सामान्य अवस्थामा पु¥याएको उदाहरण छन् । यो सामान्य ब्लड प्रेसरको औषधि भए पनि कोभिडको असर काम गर्न निकै प्रभावकारी हुन्छ । खास गरेर संक्रमितले विशेषज्ञको सल्लाह अनुसार समयमै यसको सेवन गर्नाले कोभिडको असर न्युनिकरण गर्न सहयोग पुर्याउँछ ।
क्रमशः..

प्रकाशित: ७ मंसिर २०७७ ०६:१५ आइतबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी