स्वास्थ्य प्रदेश ३

काठमाडौं उपत्यकामा आज १९७ जनामा कोरोना संक्रमण पुष्टि

15 Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १९७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जनामा संक्रमण पुष्टि भएका छन् । अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९७ हजार ६०८, भक्तपुरमा ८ हजार ९१८ र ललितपुरका १५ हजार ३३० संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ८७४ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ जना पुगेको छ । आज ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ६३७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७८ पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ४८ हजार ५०२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार ८ सय जनाको परीक्षण गरिएको छ ।

प्रकाशित: १९ पुस २०७७ १६:३६ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी