१३ मंसिर २०७८ सोमबार

'कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ' : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन् । खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको बताए । खोप आयात भएको ७ दिन भित्रमा वितरण शुरु भइसक्ने पनि उनले बताए । खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने बताए । यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविकाहरु परिचालन गरिने पनि बताए ।

खोपको प्राप्ती अन्य व्यवसायीक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको पनि बताए । तर पनि सरकारले खोप आयातका लागि राजनीतिक पहल गरिरहेको उनको भनाइ थियो ।

निजी क्षेत्रलाई पनि खरिद प्रक्रियाबाट टाढा राख्न नचाहेको मन्त्री त्रिपाठीले स्पष्ट पारे । पहिले सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने बताए । खोपको वितरण सबैभन्दा पहिला मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रहेका व्यक्तिहरुलाई, ५५ वर्ष उमेर माथिका र दीर्घरोगीहरुको लागि उपलब्ध गराइने बताए ।

नेपालमा छिमेकी राष्ट्रमा भन्दा धेरै पछाडि खोप लगाउनु पर्ने अवस्था नआउने पनि मन्त्री त्रिपाठीले दावी गरे । खोपको खरिद प्रक्रियामा जे जति आशंकाहरु देखिएका छन् त्यसलाई झुटो सावित गर्ने पनि बताए । आफूले रुस, भारत र युएईका राजदूतहरुसँग खोप ल्याउने सम्बन्धमा कुरा गरिसकेको र खोप उत्पादन गर्ने अन्य मुलुकहरुसँग पनि राजनीतिक पहल भइरहेको बताए ।

प्रकाशित: २७ पुष २०७७ १७:५९ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी