स्वास्थ्य प्रदेश ३

काठमाडौं उपत्यकामा आज १३१ जनामा कोरोना संक्रमण पुष्टि

15 Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १३१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा ९९ हजार ७८७, भक्तपुरमा ९ हजार ९५ र ललितपुरका १५ हजार ७३९ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २४ हजार ६६९ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ जना पुगेको छ । आज २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४७७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५४ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ८ हजार ९४४ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ८१९ जनाको परीक्षण गरिएको छ।

प्रकाशित: ३ माघ २०७७ १६:३१ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी