१४ माघ २०७८ शुक्रबार

नेपाललाई थप ४० लाख डोज कोरोना खोप चाहिने (भिडियोसहित)

काठमाडौं ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्धको १० लाख डोज खोप हस्तान्तरण गरेका छन् ।

बिहिबार बालुवाटारमा आयोजित खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास समेत व्यक्त गरे । उनले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश वीचको एकतालाई देखाएको स्पष्ट पारे । सो अवसरमा भारतीय राजदूत क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले ‘छिमेक पहिलो’ नीतिलाई प्राथमिकता दिएको बताए ।

प्रकाशित: ९ माघ २०७७ ०९:०० शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी