स्वास्थ्य प्रदेश ३

तीन महिनाभित्र सबैलाई निःशुल्क कोरोना खोप : प्रधानमन्त्री ओली (भिडियाेसहित)

15 Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् ।

बुधबार कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका हुन् । भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोप बुधबारदेखि देशभर लगाउन शुरु गरिएको छ ।

पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरसफाइकर्मी लगायतलाई लगाउन शुरु गरिएको हो । पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लिनु पर्ने हुन्छ । प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोप नाफा कमाउने तथा व्यापारको माध्यम बन्न नहुने पनि बताए। उनले कुनैपनि गरिब देश अथवा गरिब मानिस खोपबाट बञ्चित हुन नहुने र सबैको पहुँचमा हुनु पर्ने बताए।

सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निशुल्क रुपमा पाउने उनको भनाइ छ । प्राथमिकताको आधारमा क्रमशः आम नागरिकलाई खोप उपलब्ध गराउने उनले बताए। प्रधानमन्त्री ओलीले कोभिड विरुद्धको खोपको निम्ति अन्य मित्रराष्ट्र र संघसंस्थासँग पनि कुराकानी भइरहेको जानकारी दिए।

भारत सरकारसँग थप खोप उचित मूल्यमा किन्ने कुरा पनि भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले खोप प्रारम्भ भएपनि कोभिड–१९ सम्पूर्ण रुपमा नियन्त्रण नभएसम्म मास्क प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, सरसफाइ र खानपानमा ध्यान दिन आग्रह पनि गरेका छन् ।

प्रकाशित: १५ माघ २०७७ ०७:४४ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी