काठमाडौं ।
कोरोनाविरुद्धको खोप अभियानको पहिलो दिन बुधबार ९ हजार ८४ जनालाई खोप लगाइएको छ ।
कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको पहिलो दिन ६४ जिल्लाका ९३ खोप केन्द्रबाट उल्लेखित संख्यालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप अभियान अनुसार प्रदेश १ मा एक हजार २५५, प्रदेश २ मा ७२६, बागमतीमा दुई हजार ६९४, गण्डकीमा एक हजार ८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा एक हजार ८२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ । खोप लगाएका व्यक्तिहरुमा अहिलेसम्म कुनै पनि समस्या देखा नपरेको बताइएको छ । भिडियो :
प्रकाशित: १५ माघ २०७७ ०८:०९ बिहीबार