कोरोना भाइरसबाट हुने जोखिमबाट बच्न चेम्बरद्वारा समिति गठन

कोरोना भाइरसबाट हुने जोखिमबाट बच्न चेम्बरद्वारा समिति गठन


काठमाडौँ ।

नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसबाट हुने जोखिमलाई न्यूनीकरण गर्न चेम्बर उपाध्यक्ष दिपककुमार मलहोत्राको संयोजकत्वमा ‘कोरोना भाइरस प्रकोप नियन्त्रण सहजीकरण समिति’ गठन गरेकोे छ ।

उक्त समितिमा मृगेन्द्र मेहर श्रेष्ठ, नवराज ढकाल, दिपक श्रेष्ठ, दीपक कुवर, देवेन्द्र भक्त श्रेष्ठ, सुरेन्द्र शारदा, संजय अग्रवाल, त्रिभुवनधर तुलाधर, राजु श्रेष्ठ, अजुन शर्मा रहेका छन् ।

कोरोना भाइरसको सम्भावित प्रकोपबाट बच्न सुरक्षाका उपाय अपनाउन चेम्बर्सले आग्रह गरेको छ । चेम्बर्सले मास्क एवम अति आवश्यक वस्तुहरुलाई सहजरुपमा विक्रि वितरण गर्न सम्बन्धित सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

त्यसका साथै यस्तो प्रकोपबाट बच्न आवश्यक पर्ने मास्क लगायतका सामग्रीहरुको आयातमा भन्सार तथा मुल्य अभिवृद्धि कर छुट दिन समेत सरकार समक्ष आग्रह गरेको छ । यसै प्रकोपका कारण चेम्बरले फागुन १३ बाट गर्ने भनिएको चेम्बर एक्सपो पनि स्थगित गरेको छ । त्यस्तै, चेम्बरले त्रिभुवन विमानस्थल तथा अन्य विभिन्न नाकाको आगमन कक्षमा प्रत्येक यात्रुको सघन स्वास्थ्य परिक्षण गनुपर्ने माग गरेको छ ।

Logo