लक्ष्मी बैंकमार्फत सेलपेमा आबद्ध हुने सबैलाई रिचार्ज

लक्ष्मी बैंकमार्फत सेलपेमा आबद्ध हुने सबैलाई रिचार्ज


काठमाडौं ।  लक्ष्मी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरूमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  लक्ष्मी बैंकका ग्राहकहरूले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु. १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपे मार्फत विभिन्न भुक्तानीहरू गर्दा आकर्षक लोयल्टी पोइन्ट पनि पाउने छन् ।

सेलपे, सेलकम प्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ । सेलपे मार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुन्छ ।

ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट लक्ष्मी बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरूमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल भुक्तानी गर्न सकिने छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन प्रकाश लिम्बु र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी बैंकले देशभर १२० शाखाहरू र १४५ एटीएमहरू मार्फत ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

Logo