साउदी अरबमा बस दुर्घटना, ३५ जनाको मृत्यु

साउदी अरबमा बस दुर्घटना, ३५ जनाको मृत्यु


रियाद,
साउदी अरबको मदिना नजिकै हिजरा रोडमा बस दुर्घटना हुँदा ३५ जनाको मृत्यु भएको छ । अरब न्युजका अनुसार मृत्यु हुने सबै तिर्थालुहरु थिए । ३९ यात्रु बोकेर गुडिरहेको बस अर्को सवारीसँग ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई अल हम्ना अस्पतालमा उपचारका लागि लगिएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।
एजेन्सी

Logo