एटिएम ह्याक प्रकरणः ठमेलबाट मनी एक्सचेन्ज सञ्चालक पक्राउ

एटिएम ह्याक प्रकरणः ठमेलबाट मनी एक्सचेन्ज सञ्चालक पक्राउ


काठमाडौं । एटिएमको सिस्टम ह्याक गरेर पैसा लुट्ने चिनियाँ ह्याकर समूहको पैसा साटिदिने तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलमा रहेको डिस्को र नेपालय मनी एक्सचेन्ज सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा देवनाथ लामिछाने, रोसन प्रधान श्रेष्ठ र रेवती दवाडी रहेका छन् ।

शनिवार माया मनोर बुटिक होटेलबाट फरार भएका व्यक्तिहरुले मनिचेन्जरमा पुगेर २९ लाख ९९ हजार रुपैयाँ डलरमा साटेका थिए । अनुसन्धानको लागि उनीहरुलाई नियन्त्रणमा लिइएको परिसरका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

उनीहरुले करिब आधा घन्टा मनिचेन्जरमा बसेर रकम सटही गरेका थिए । यसअघि आइतबार राति सु लुसिङ नाम गरेका चिनियाँ नागरिक भाग्दै गर्दा त्रिभुवन विमानस्थलबाट पक्राउ गरेका थिए ।

शनिवार प्रहरीले ह्याकर समूहका पाँच जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो ।

Logo