आकाशवाट चुम्बकिय शक्ति भएको ढुंगा जमिनमा खस्यो !

आकाशवाट चुम्बकिय शक्ति भएको ढुंगा जमिनमा खस्यो !


मधुवन्नी,

सीमावर्ती क्षेत्र भारतको विहार मधुवन्नीमा आकाशवाट खसेको करिव १० किलोको ढुंगा अहिले चर्चाको विषय वनेको छ । मधुवन्नी जिल्ला अन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न अहिले भीड लागेको छ । सो ढुंगामा चुम्बकिय शक्ति रहेको छ । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने गरिएको प्रत्यक्षदर्शीहरुले वताएका छन् ।

हिन्दूस्तान दैनिकमा कार्यरत स्थानीय पत्रकार रोशन कुमारका अनुसार सोमवार नेपाली समय अनुसार करिब १२ बजेर १५ मिनेटमा ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो । खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नामका एक मजदूर हिम्मत गरेर त्यो खेतमा गएर हेरे । त्यहाँ ढुंगा फेला परेकोे थियो । ढुंगा ५ फिट माटो मुनि गाडिएको थियो । त्यसलाई उनले निकालेको पत्रकार रोशनले बताए । घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारीपनि घटनास्थल पुगेका थिए ।

अहिले सो ढुंगालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीको नियन्त्रणमा गाउँमै भएको बताए । एक दूई दिन भित्रै जानकारहरु कहाँ पुर्याइने उनले जानकारी दिएका छन् । मानिसहरुको भीडलाई हेरेर ढुंगा त्यही राखिएको छ । जीवनमा यस्तो ढुंगा आफूहरु कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले वताए । ढुंगा खसेको जानकारी पाउनसाथ ढुंगा रहेको क्षेत्रमा गएको उनले वताए ।
राजधानीबाट

Logo