मुटु चले/नचलेको कसरी थाहा पाउने ? [भिडियाेसहित]

मुटु चले/नचलेको कसरी थाहा पाउने ? [भिडियाेसहित]

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । मुटुसम्बन्धी रोगबारे सर्वसाधारणलाई सचेत र सजग हुन विशेषज्ञहरूले सुझाएका छन् ।

आइतबार पूर्व सांसद मञ्च नेपालले आयोजना गरेको मुटुरोगबारे सचेतना कार्यक्रममा मुटुरोग विषेशज्ञहरुले नेपालमा बर्सेनि मुटुको समस्याका कारण हुने मृत्युदरमा बृद्धि आइरहेकोले खानपिन, नियमित चेकजाँच, स्वास्थ्य परीक्षण, नियमित व्यायाम आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै मुटुरोग विषेशज्ञ डा. विश्वास प्रधानले मुटुरोगबारे आधारभूत प्रशिक्षण दिँदै मुटु चले नचलेकोबारे जानकारी पाउन मुटु नजिकको अंग घाँटीमा छाम्नुपर्ने उल्लेख गरे । उनले भने, ‘हातले छोएर मुटु चलेनचलेको थाहा हुँदैन । त्यसका लागि हामीले मुटु नजिकको भाग घाँटीमा छामेर थाहा पाउन सक्छौं । त्यस्तै बेसिक लाईफ सपोर्ट गर्यो भने समुदायमा हामी ५० प्रतिशत मुटुरोगीलाई बचाउँन सक्छौं । तल्लो तहको पाठ्यत्रलममै यो उल्लेख गरिएका कारण केही अहिले जानकार भएका छन् । तर राष्ट्रव्यापी बनाउन सकिरहेका छैनौं । यो आवश्यक छ ।’

उनले शरीरको सबैभन्दा महत्वपूर्ण अंगको रुपमा रहेको मुटुलाइ स्वस्थ्य राख्नका लागि मानिसहरु आफ्नो दैनिक जिवनमा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । उनले भने,‘बिग्रँदो खानपान, मानसिक तनाव, कामको चाप लगायतका कारण मुटुसम्बन्धी समस्या बढ्दै गएको छ । यसमा सुधार गर्न सकेमा यो रोगको निवारण सम्भव रहेको छ ।’

Skip This
Skip This
Logo