विश्वकप क्रिकेट: बहुप्रतिक्षित ‘भारत-पाक’ भिडन्त, यस्तो छ इतिहास

विश्वकप क्रिकेट: बहुप्रतिक्षित ‘भारत-पाक’ भिडन्त, यस्तो छ इतिहास


आईसीसी एकदिवशीय विश्वकप क्रिकेटमा आज बहुप्रतिक्षित खेल हुँदैछ।

छिमेकी मुलुक भएर पनि आपसी सम्बन्धमा पानी बाराबारको अबस्थामा रहेको भारत र पाकिस्तानबीच आज भिडन्त हुन् लागेको हो। यी दुइबीचको उपाधिसंग मात्रै जोडिएको छैन प्रतिष्ठासंग समेत तुलना गरिएको छ।  यो खेल विश्व क्रिकेटकै रंगशालामा हाउसफुल र विश्वभर टेलिभिजनमार्फत करोडौंले प्रतीक्षा गरिरहेको खेल हो ।

आपसी सम्बन्धमा निकै चिरिएका भारत र पाकिस्तान क्रिकेटमा पनि उत्तिकै चीर प्रतिस्पर्धी छन्। भारत र पाकिस्तान अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र आमने सामने हुँदै आएका छन् ।

सन् २००८ को मुम्बई हमलामा पाकिस्तानको संग्लग्नता आरोप लगाउँदै भारतले क्रिकेटमा द्वीपक्षीय सम्बन्ध तोडेको थियो । सन् २०१२/१३ मा एकदिवशीय र ट्वान्टी २० श्रृंखलाका लागि पाकिस्तानले भारतको भ्रमण गरेको थियो ।

यस अघिको खेलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेको भारतीय टिममा आज शिखर धवन हुने छैनन्।

पाकिस्तानले इंग्ल्याण्डबिरुद्ध अविश्वसनीय जित हासिल गरेको थियो । त्यसपछि उसले टाउनटनमा अष्ट्रेलियासँग ४१ रनले पराजित भयो । आज पाकिस्तानी फाष्ट बलर मोहम्मद अमिरको सानदार लयमा हुने आंकलन गरिएको छ।

सन् १९९२ यता यी दुईबीच विश्वकपमा ६ पटक भिडन्त भएकोमा पाकिस्तानले अहिलेसम्म जित्न सकेको छैन । एकदिवशीय अन्तर्राष्ट्रियमा भने यिनीहरुले १३१ पटक खेलेकोमा पाकिस्तानले ७३ पटक जितेको छ भने भारतले ५४ खेल जितेको छ। ४ खेल नतिजाविहिन बनेको थियो।

तर आज वर्षाको पूर्वानुमान गरिएको छ । बिहानको समयमा घाम लागे पनि मध्याह्नपछि म्यान्चेस्टरमा भीषण वर्षाको सम्भावना छ । वर्षाका कारण यस विश्वकपमा चार खेल रद्ध भइसकेका छन्। तीन खेल टस नै नभई वास आउट भएको थियो भने एक खेल सुरु भएर मात्रै रद्ध भयो।

यो खेल नेपाली समय अनुसार सवा ३ बजे शुरु हुनेछ ।

Logo