मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ : योगेश भट्टराई

मिडिया काउन्सिल विधेयक संशोधन हुन्छ : योगेश भट्टराई


काठमाडौं,

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले प्रस्तावित मिडिया काउन्सिल विधेयक संशोधन हुने बताएका छन् । तत्कालीन प्रेस सेन्टर नेपालका काठमाडौं जिल्ला अध्यक्ष गोविन्द शर्माको १३ औँ पुन्य तिथिमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले मिडिया काउन्सिल विधेयक समय सन्दर्भ अनुसार संशोधन गरिने बताए ।

‘कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल ज्यूले पनि मिडिया काउन्सिलको विषयमा सम्पादकहरुसँग छलफल गरी सक्नु भएको छ ’ भट्टराईले भने, ‘हाम्रो पार्टी र सरकार प्रेस स्वतन्त्रताको विपक्षमा पनि होइन । यहाँ विषय वस्तुहरु बुझाइमा मिस अन्डरस्टाडिङ मात्रै भएको हो ।’ मिडिया र राज्य फरक नभएको भन्दै भट्टराईले एउटै डुङ्गामा सयर गर्ने क्षेत्र भएको बताए ।

मिडिया काउन्सिलको ड्राफ्ट मात्रै पेश भएकाले संसदबाट पारित हुँदा सर्व स्वीकार्य हुने गरी पारित हुने भट्टराईले बताए । पत्रकार गोविन्द शर्माको निधनले देशले जुझारु सक्रिय पत्रकार गुमाएको उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo