घरमा लुटपाट गरिरहेको अवस्थामा काठमाडौंबाट ३ जना लुटेरा पक्राउ

घरमा लुटपाट गरिरहेको अवस्थामा काठमाडौंबाट ३ जना लुटेरा पक्राउ


काठमाडौं । प्रहरीले काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई पक्राउ गरेको छ । शनिबार साँझ साँढे ७ बजेतिर काठमाडौंको जडिबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा लुटपाट गरिरहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका लुटेराहरु धादिङ गल्छी घर भई हाल कलंकी बस्ने ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, धादिङ गल्छीकै २५ वर्षीय केदार अधिकारी र काभ्रे भुम्जु घर भई हाल चावहिल बस्ने ३० वर्षीय अन्जन उप्रेती रहेको जानकारी गराएको हो ।

उनीहरुको साथबाट ठूलो चाईनिज पेस्तोल–१ थान, एक राउण्ड गोली र १ थान खुकुरी समेत बरामद गरिएको परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिए ।

प्रहरीले उप्रेतीको साथबाट पेस्तोल बरामद गरिएको पनि जनाएको छ । उप्रेती गुण्डा नाईके कुमार घैँटको सहयोग भई विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि एसएसपी लामाले बताए ।

त्यसैगरी जग्गा कारोबारमा संलग्न केदार प्रसाद अधिकारी सार्वजनिक अपराधमा दुई पटक सजाय पाईसकेका हुन भने केदार प्रसाद अधिकारी नेपाल प्रहरीमा २ वर्ष र नेपाली सेनामा ३ वर्ष जागिर खाई भागेर विभिन्न अपराध कर्ममा संलग्न रहेको प्रहरीले जनाएको छ ।

Logo