काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन कसैले पनि सहयोग नगरेको बताएका छन् । बलात्कारपछि हत्या गरिएको लामो वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकिरहेको बेला प्रधानमन्त्री ओलीले अनुसन्धानमा कसैले पनि सहयोग नगरेको दाबी गरेका हुन् । "/>

प्रधानमन्त्री भन्छन्, ‘कसैले सहयोग नगर्दा निर्मलाका हत्यारा पत्ता लगाउन सकेनौं’

प्रधानमन्त्री भन्छन्, ‘कसैले सहयोग नगर्दा निर्मलाका हत्यारा पत्ता लगाउन सकेनौं’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाउन कसैले पनि सहयोग नगरेको बताएका छन् । बलात्कारपछि हत्या गरिएको लामो वितिसक्दा पनि हत्यारा पत्ता लाग्न नसकिरहेको बेला प्रधानमन्त्री ओलीले अनुसन्धानमा कसैले पनि सहयोग नगरेको दाबी गरेका हुन् ।

सोमबार राति बालुवाटारमा आफुलाई भेट्न आएका राजपा नेताहरुसँग प्रधानमन्त्री ओलीले यस्तो गुनासो गरेका हुन् । प्रधानमन्त्रीसँगको अढाई घण्टा लामो भेटका क्रममा राजपा नेताहरुले निर्मलाका हत्यारा पत्ता लगाउन, आफुहरुले राख्दै आएको संविधान संशोधनको माग पुरा गर्न, राजपा सांसद रेशम चौधरीलाई सपथ ग्रहण गराउने व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

सरकार गठन भएको लामो समय भईसक्दा पनि आफुहरुको माग सम्बोधन गर्न सरकार तयार नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएका थिए । उनीहरुको चेतावनीपछि प्रधानमन्त्रीले छठपछि माग पुरा गराउने वाचा गरे ।

राजपा एक नेताका अनुसार निर्मलाको किन अहिलेसम्म न्याय नपाएको भन्ने प्रश्नमा प्रधानमन्त्रीले भने, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि टेरेनन् । देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन ।’

राजपा नेताहरुको प्रश्नै प्रश्नः
राजपाका नेताहरूले प्रधानमन्त्रीलाई गुनासोको पोको नै राखेका थिए । उनीहरुले सामानको मुल्य बढाएको बढाएछ सरकार ?, चिनीको मुल्य बढायो भन्दै लेख्ने पत्रकारलाई अपराधी भन्दै हिडेको छ सरकार, यस्तै प्रश्न प्रधानमन्त्रीसमक्ष राखिएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘गुण्डा वा कुनै अपराधीलाई समात्यो भने न्यायालयले छाडिदिन्छ । केही गर्न खोज्यो विरोध सुरु भईहाल्छ । सरकारले कसरी काम गर्ने ?’ भन्दै प्रतिप्रश्न गरे ।

Logo