हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगमा आगलागी

हेटौंडामा रहेको शिवम् सिमेन्ट उद्योगमा आगलागी


हेटौंडा ।

हेटौंडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।

Logo