काठमाडौं

कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति र सुरक्षा निकाय नै नियम मिचक भएको शनिबार दिउँसो देखिएको छ । "/>

मन्त्रीकै गाडीले ट्राफिक नियम मिच्यो

मन्त्रीकै गाडीले ट्राफिक नियम मिच्यो


काठमाडौं

कानुन कार्यान्वयन गर्ने तहमा रहेका व्यक्ति र सुरक्षा निकाय नै नियम मिचक भएको शनिबार दिउँसो देखिएको छ । एक मन्त्री चढेको गाडी ललितपुरको धोबीघाटस्थित एक कार्यक्रममा जाँदा एकतर्फी सडकमा प्रवेश गरेपछि तनाव उत्पन्न भयो । सिदार्थ कटेजमा पुस्तक विमोचन कार्यक्रममा पुग्दा उनको गाडीले एकतर्फी सडक प्रयोग गरेको थियो । त्यसक्रममा ट्राफिक नियमसंगत चलिरहेका गाडीधनी र त्यसमा सवारलाई मन्त्रीका सुरक्षाकर्मीले दुव्र्यवहार समेत गरे ।

एकतर्फी सडकमा मन्त्री सहितको गाडी गुडेको र उनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले दुव्र्यवहार गरेको जानकारी ती गाडीधनीले ट्राफिक प्रहरीलाई गराए । तर ट्राफिक प्रहरीले सडक नियमविपरीत गुडेको मन्त्रीको गाडीलाई कानुन अनुसार नियन्त्रणमा लिनुको साटो उल्टै तिनै उजुरी गर्ने चालकलाई हकारे ।

नियमसंगत गाडी चलाइरहेका चालकले (गाडीधनी) ले मन्त्रीका सुरक्षाकर्मीको अभद्र व्यवहारबाट आफू अन्यायमा परेको भन्दै ट्राफिक प्रहरीलाई खबर गरेपछि निकैबेर तनाव उत्पन्न भएको थियो । त्यसपछि समस्या समाधानका लागि महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तलाई सम्बन्धित मन्त्रालयका कर्मचारीले फोन समेत गर्नुपरेको थियो । नियमसंगत गाडी चलाएका ती गाडीधनीले जावलाखेलस्थित ट्राफिक प्रहरी कार्यालयमा आफू अन्याय परेको भन्दै मौखिक उजुरी गरेका थिए ।

ट्राफिक नियम मिचेर चलेको मन्त्रीको गाडी र दुव्र्यव्यवहार गर्ने सुरक्षाकर्मी चढेको गाडी नम्बर यातायात व्यवस्था विभागबाट हेरी कारबाही गर्ने आश्वासन उनलाई दिएको छ । ट्राफिक प्रहरीले भने सामान्य विवाद भएको र दुवै पक्षलाई मिलाएर पठाएको जनाएको छ ।
नागरिकबाट

Logo