स्वास्थ्य वाग्मती

काभ्रेको पाँचखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

15 Shares

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा शुक्रबारबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले नगर प्रमुख महेश खरेलले सो केन्द्रको उद्घाटन गरेका हुन् ।

आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । सो क्रममा उनले ६५ वर्षभन्दा माथि उमेर समूहका आमाबुबालाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताए ।

वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहुँच पुर्याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झा र पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारी लगायतले केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको बारेमा चर्चा गरेका थिए ।रासस

प्रकाशित: ८ फाल्गुन २०७७ १२:०३ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी