काठमाडौं आइपुग्यो १० लाख डोज कोरोना खोप 

काठमाडौं आइपुग्यो १० लाख डोज कोरोना खोप 


सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो । त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।

Logo