स्वास्थ्य विशेष : के हो युरिक एसिड ?, कसरी बच्ने ?

स्वास्थ्य विशेष : के हो युरिक एसिड ?, कसरी बच्ने ?


शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ, यसको मात्रा पिसाबद्वारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुन थाल्छ र हड्डीमा क्षति पुर्याउने गर्छ ।

विभिन्न अध्ययनका अनुसार यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित हुन्छ । सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खाएका खानेकुराबाट बन्छ । त्यसमध्येको धेरैजसो एसिडलाई मिगौलाले छानेर पिसाबद्वारा शरीरबाट बाहिर फाल्ने गर्छ । तर कुनै कारणवस मिर्गौलाले उक्त एसिडलाई छान्न नसके यसले रगतमा युरिक एसिडको स्तरलाई बढाउने गर्छ । जसका कारण युरिक एसिडको समस्या निम्तिने गर्छ ।

एक स्वस्थ महिलाको शरीरमा युरिक एसिडको स्तर २.४ देखि ६ मिलीग्राम प्रति डेसीलिटर भएमा यसलाई सामान्य मानिन्छ । त्यस्तै, पुरुषमा युरिक एसिडको स्तर ३.४ देखि ७  मिलीग्राम प्रति डेसीलिटर भएमा त्यसलाई सामान्य भनिन्छ । 

यूरिक एसिडको लक्षण

सामान्यतया, शरीरमा युरिक एसिडको मात्रा बढेमा मांसपेशी सुन्निनुका साथै उठ्न–बस्न कठिनाई हुने, औला सुन्निने, जोर्नीमा गाँठो पर्ने गर्छ । यसका अतिरिक्त जोर्नीहरूमा निरन्तर दुखाइ हुनु, खासगरी घुँडामा हुने समस्या यसको मुख्य लक्षण हो । यस्तै हात तथा खुट्टा घोचाइसहितको तिव्र पीडा हुने गर्छ । यूरिक एसिड भएमा मान्छे चाँडै थकित हुने गर्छ । त्यसबाहेक, मिर्गाैलाको समस्या तथा पिसाब फेर्नमा कठिनाई हुने गर्छ । धेरैभन्दा धेरै अवस्थामा युरिक एसिडको दुखाइ एसिडहरुकै कारण हुने गरेको छ । उच्च युरिक एसिडको समस्याबाट पाचनतन्त्र कमजोर समेत हुने गर्छ । 

यूरिक एसिड बढ्नुका कारण

– युुरिक एसिड बढ्ने प्रमुख कारण भनेको शरीरमा एसिडको मात्रा बढाउने तत्वहरुको प्रभाव हो ।
– त्यस्तै खानपान तथा जीवनशैलीको बदलाव पनि यूरिक एसिड बढ्नुको मुख्य कारण हो । भने बिनाकारण पनि बढ्न सक्छ युरिक एसिड ।
– यूरिक एसिड बढाउनमा मधुमेह रोगीले सेवन गर्ने औषधी पनि एउटा कारण बन्न सक्छ ।
–रातो मासु, सी फूड, दाल, राजमा, च्याउ, टमाटर, बन्दा, मटर, पनिर, भिण्डी, चामल लगायतका कारण पनि शरीरमा यूरिक एसिड बढ्ने गर्छ ।
–खानाको रुपमा सेवन गरिने प्रोटिनले पनि शरीरमा यूरिक एसिडको मात्रा बढाउने गर्छ ।
–जर्बजस्तीको एक्सरसाइज, उपवास वा तिव्ररुपमा तौल घटाउने चक्करमा पनि यूरिक एसिडको समस्या निम्तिने गर्छ ।  
–उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि यूरिक एसिडको मात्रा बढ्ने गर्छ ।
–यस्तै, आणुवंसिकता, शरीरमा आइरनको मात्रा बढेमा, थाइराइडको समस्या भएमा, मिर्गाैला खराब भएमा, मोटोपना भएमा वा अत्याधिक मात्रामा मदिरापानका कारण पनि यूरिक एसिड बढ्ने गर्छ ।
–तनाव, लामो समयसम्म भोकै रहने, व्यायामको कमी, शरीरमा पानीको कमीले पनि यो समस्या निम्तिने गर्छ । 
कसरी नियन्त्रण गर्ने ?
–पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने, जसले बढी भन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निस्कन्छ ।
–खानपानमा सतर्कता अपनाउनु पर्छ । खासगरी प्रोटिनयुक्त खानेकुरा सेवन गर्नु हुँदैन ।
–रातो मासु, फल मासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्कीको मासु, मुुटु, कलेजो मृगौला र गिदी जस्ता भित्री अंगको मासु खान हुँदैन । रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।
–हरेक दिन खाने भोजनमा कम्तीमा ५ सय ग्राम भिटामिन–सि अनिवार्य रुपमा लिनुपर्छ ।
–नियमित व्यायाम गर्नु पर्छ । स्वथ्य खानपान र जीवनशैली अपनाउनु पर्छ । 
– कोकाकोला, पेप्सी, स्प्राइट, फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेयले युरिक एसिडलाई बढाउँछ, त्यसैले यस्ता पेय पदार्थ सेवन नगरेकै राम्रो । 
–मह पानी, बेकिङ सोडा, सोडापानी पनि युरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमा प्रचूर मात्रामा फ्रूक्टोज पाइन्छ । यसले एटीपीलाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।
–  तामा , गुन्द्रुक सिन्की पनि यूरीक एसिडका लागि राम्रो होइन ।
–रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहलिक पेय सेवन युरिक एसिडमा वर्जित  छ । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्र बढाउनुको साथैै शरीरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन गर्न अवरोध पुर्याउँछ ।
–कागतीको सेवन युरिक एसिड नियन्त्रण गर्नका लागि अचुक औषधि हो ।
–सागसब्जीमा कुरिलो, फूलगोभी, बन्दा, च्याउ र गोलभेंडा जस्ता सागपातको बढी सेवन गर्ने यसमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।  
–जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूडमा हालिएको प्रीजरभेटीभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको समस्या निम्त्याउन सक्छ । 

कसरी बच्ने यूरिक एसिडबाट ?

सामान्यतया युरिक एसिड शरीरको कोशिका तथा हामीले खाएका खानेकुराबाट बन्छ । गलत खानपानको समस्याका कारण युरिक एसिडको समस्याबाट धेरै जना पीडित हुने गर्छन् । शरीरमा युरिक एसिड बढ्दै गयो भने थुप्रै किसिमका स्वास्थ्य समस्या यसैको साइडइफेक्टको रुपमा उत्पन्न हुने गर्छ । जसमा जोर्नीको दुखाइ आदि समस्या समाधानको लागि असल खानपान शैली अंगीकार गर्नु पर्ने हुन्छ ।

खाना पकाउँदा वटर वा भेजिटेबल तेलको सट्टा ओलिभ (जैतुन)को तेल प्रयोग गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । किनकी जैतुनको तेलको प्रयोगले शरीरमा अतिरिक्त युरिक एसिड जम्मा हुँदैन । यो मुटुको लागि पनि लाभदायक मानिन्छ । यस्तै शरीरमा युरिक एसिडको मात्रालाई कम नभएमा दिनमा कम्तीमा पाँच सय ग्राम भिटामिन ‘सी’को सेवन गरेर पनि यो समस्याबाट बच्न सकिन्छ । नियमित रुपमा भिटामिन ‘सी’को सेवनले एक, दुई महिनामै यूरिक एसिडको स्तर कम हुन थाल्छ ।

आर्थराइटिस र युुरिक एसिडको समस्या ज्वानोको प्रयोग प्रभावकारी मानिन्छ । ज्वानोमा एन्टीअक्सिडेन्ट तथा डाईयुरेटिक गुण हुन्छ, जसले दुखाई कम गन मद्दत गर्छ । यसमा एन्टीसेप्टीक गुण पनि हुने भएकोले यो समस्यामा ज्वानोको प्रयोगद्वारा प्राकृतिक उपचार गरिन्छ । त्यस्तै खुर्सानी, टमाटर, व्लुबेरी, ब्रोकाउली तथा अंगुर आदिमा एन्टीअक्सिडेन्ट भिटामिन भरपूर मात्रामा हुन्छ । एन्टीअक्सिडेन्ट भिटामिनले फ्रि रेडिकल्सलाई शरीरमा क्षति गर्नबाट रोक्छ । जसले गर्दा शरीरमा युरिक एसिडको स्तर कम हुन पुग्छ । स्याउको रसले रगतको पीएच लेभललाई बढाएर युरिक एसिडको स्तरलाई कम गर्न मद्दत गर्छ । तर त्यसको लागि प्रयोग गरिने स्याउको रस काचै र पानी नमिसाएकै हुनु पर्छ ।

शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा बेकरी प्रोडक्ट तथा स्याचुरेटेडेड फ्याटले यसलाई झनै प्रभावित पार्दछ । त्यसैले, शरीरमा युरिक एसिडको मात्रा उच्च भएमा केक, पेस्ट्री, कुकिज जस्ता स्याचुरेटेड तथा ट्रान्स फ्याटयुक्त खाद्य पदार्थ खानबाट बच्नु पर्छ । त्यस्तै, मदिराको सेवन गर्नबाट पनि बच्नु पर्छ । कतिपय अवस्थामा डब्बामा राखिएको खानेकुराले पनि युरिक एसिडको समस्यालाई प्रभावित पार्न सक्छ । त्यसैले, यस्ता खानेकुरालाई वर्जित गरेर पनि यो युरिक एसिडको समस्या जटिल हुनबाट बच्न सकिन्छ । यसबाहेक, माछा तथा मासुको सेवन नगरेर पनि यो समस्याबाट बच्न सकिन्छ । किनकी रेड मिट तथा सारडिनेस, म्याकिरिल नामक माछामा प्रोटिनको मात्रा उच्च हुन्छ । र, यसको हल्कामात्र सेवनले पनि युरिक एसिड बढ्न सक्छ ।

के छ उपचार ?

युरिक एसिडको समस्या एउटा जटिल र दीर्घकालिन रोग भएकाले अवस्था हेरि  औषधी उपचार र योग एवं प्राकृतिक चिकित्साद्वारा उपचार गर्नु पर्ने हुुन्छ । युरिक एसिडको रक्तस्तर अनियन्त्रित भए औषधि सेवन गरेर भएपनि नियन्त्रणमा राख्नु पर्ने हुन्छ ।

औषधोपचारमा एलोपेथी, आर्युवेद, होमियोपेथी, युुनानी र सिद्घ जस्ता चिकित्सा पद्घतिका उपचारहरुको आफ्नै महत्व छ भने औषधि विहिन योग, प्राकृतिक चिकित्सा, स्वास्थ्य वृतको अभ्यास र पथ–पहरेज जस्ता जीवनशैली परिवर्तनका उपचारले पनि युरिक एसिडको वृद्घि नियन्त्रणमा अत्यन्त ठूलो टेवा पुर्याउँछ ।

Logo