चीनले नेपाललाई थप ३ लाख कोरोनाविरुद्धको खोप अनुदानमा दिने

चीनले नेपाललाई थप ३ लाख कोरोनाविरुद्धको खोप अनुदानमा दिने


चीनले नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई थप ३ लाखसहित जम्मा ८ लाख डोज (कोरोना भ्याक्सिन) अनुदान दिने प्रतिवद्धता जनाएकी हुन् ।

यसअघि चीनका स्टेट काउन्सिलर तथा परराष्ट्र मन्त्री वाङ यीले नेपाललाई चीनले ५ लाख कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने प्रतिबद्धता जनाएका थिए ।

In order to support Nepal's fight against the COVID-19 pandemic, the Chinese government has decided to increase grant assistance of vaccine for Nepal to 800,000 doses. Let us join hands to achieve the victory at an early date! pic.twitter.com/pU4Gtc1sdV

— Ambassador Hou Yanqi (@PRCAmbNepal) March 1, 2021

राजदूत होउले सोमबार आफ्नो ट्वीटमा लेखेकी छन्,‘कोभिड–१९ विरुद्ध लड्नको लागि सहयोग स्वरुप चीन सरकारले नेपाललाई भ्याक्सिनको अनुदान सहायतामा बृद्धि गरी ८ लाख डोज पुर्‍याएको छ ।’ 

चीनको सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन चीन सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

Skip This
Logo