मेरुदण्ड पक्षघात भएकाहरुको राष्ट्रिय भेला सुरु

मेरुदण्ड पक्षघात भएकाहरुको राष्ट्रिय भेला सुरु


मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यका साथ राष्ट्रिय भेला सुरु गरिएको छ । 

मेरुदण्डीय पक्षघात समुह नेपालको आयोजनामा काठमाडौँंमा मंगलबारदेखि ३ दिने भेलाको आयोजना गरिएको हो । भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमूलक रुपमा मेरुदण्डको पक्षघात भएको व्यक्तिहरुको सहभागिता रहेको छ । भेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकास सम्बन्धि तालिम, सरकारले प्रदान गर्ने अधिकारहरु र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिइने मेरुदण्डीय पक्षघात समुह नेपालका अध्यक्ष ऋषिराम ढकालले जानकारी दिए ।

भेलामा सहभागीहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्याहरु हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन् । उपचार तथा स्वास्थ्य सामाग्रीको सहज उपलब्धता गराउनुपर्नेमा जोड छ ।

सहभागीहरुले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरुलाई आफूले सिकेको शीप तालिमबारे आफ्नो प्रदेशमा गएर तालिम सञ्चालन गर्ने समेत बताए । 

Logo