कृषि समितिले अपर तामाकोशी हाइड्रोपावरको स्थलगत अध्ययन गर्ने

कृषि समितिले अपर तामाकोशी हाइड्रोपावरको स्थलगत अध्ययन गर्ने


प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधिन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । 

बिहीबार बसेको समितिको बैठकले निर्माणाधिन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन गरेको हो । सदस्यहरुमा घनश्याम खतिवडा, दलबहादुर राना, देवप्रसाद तिमल्सिना, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, सत्यनारायण शर्मा खनाल रहेको सभापति सुवेदीले जानकारी दिइन् ।

अध्ययन भ्रमणमा जानका लागि उक्त आयोजनाले बारम्बार बोलाइरहेकोले अहिले अनुकुल समय मिलाएर अध्ययन भ्रमणमा जान लागिएको सभापति सुवेदीले बताइन् ।

Logo