आँखा रातो हुने पनि हुन सक्छ कोरोनाको लक्षण

आँखा रातो हुने पनि हुन सक्छ कोरोनाको लक्षण


कोरोनाको दोस्रो स्वरुपले मानिसहरु धेरै संक्रमण भएको समाचार आइरहेका  छन्। युरोप तथा छिमेकी राष्ट्र भारतमा पनि कोरोनाले आफ्नो नयाँ घातक स्वरुप देखाइसकेको छ। सचेत रहनुपर्ने कुरा के भने कोरोनाले आफ्नो स्वरुप र लक्षण दुवै बदलेको छ यसमा सचेत हुनु जरुरी देखिएको छ।

पहिले रुघाखोकी, ज्वरो, स्वाद तथा गन्ध नहुनु, सास फेर्न गाह्राे हुनु, घाँटीमा खसखस हुनु, जीउ दुख्नु आदि  मूख्य लक्षण थिए । तर, अब भने कोरोनाले आफ्नो लक्षण बदलेको छ, औलाको रंग बदलिनु, पखाला चल्नु, छालामा दाग तथा चिलाउनु, शरीर तथा टाउको दुख्नु, आँखा रातो हुनु (कन्जन्क्टिवाइटिस) यसका नयाँ लक्षणका रुपमा देखिएका छन्।

कलकत्तास्थित अपोलो हस्पिटलको पल्मोनोलोजिस्ट डा.देवराज जैशका अनुसार समयका साथ कोरोनाले स्वरुप र लक्षण दुवै बदलेको छ। कयौं देशमा कोरोनाको नयाँ स्ट्रेन देखिएको छ। जसले खतरनाक रुप लिने पनि देखिएको छ। यस्तो अवस्थामा मानिस आफैं जागरुक हुनु जरुरी छ।

मानिसमा एकपटक कोरोना भएपछि अर्को पटक कोरोनाको संक्रमण हुँदैन भन्ने भ्रम छ, जुन सत्य होइन। जो एकपटक कोरोनाको शिकार भएका छन् उनीहरुलाई दोस्रो पटक पनि कोरोना हुनसक्ने देखिएको छ। यस्तो केस भारत तथा नेपाल दुवै ठाउँमा देखिएका  छन्।

भारतमा पहिला कोरोना भइसकेका तथा कोरोनाको दुबै डोज भ्याक्सिन लिसकेका थुप्रै मानिसमा पुनः कोरोना संक्रमण भइसकेको छ।

Skip This
Logo