आम स्वास्थ्यकर्मीकाे मनोबल उच्च बनाउन नर्सिङ परिषद्‍को अपिल

आम स्वास्थ्यकर्मीकाे मनोबल उच्च बनाउन नर्सिङ परिषद्‍को अपिल


नेपाल नर्सिङ परिषद्‍ले काेरोना महामारीकाे बीच अग्रपंतिमा खट्ने आम स्वास्थ्यकर्मीलाई धन्यावाद दिएकाे छ । साथै यस्तो विषम परिस्थितिमा आफ्नो र आफ्नो परिवारको स्वास्थ्यभन्दा पनि मानव सेवामा अहोरात्र कार्यक्षेत्रमा खटेर योगदान दिइरहेका नर्सिङ्ग एवम् मिडवाइफ जनशक्तिहरूकाे मनोबल उच्च राख्न सम्बन्धित निकायकाे ध्यानाकार्षण गरेकाे छ । 

परिषद्‍द्वारा जारी विज्ञप्तिमा उल्लेख छ- 'आफूले सिकेका ज्ञान, सीप र व्यावसायिक दक्षताको अधिकतम उपयोग गर्दै आफू बची र अरुलाई बचाउँको मुल मन्त्रलाई आत्मासाथ गर्दै आफू सुरक्षित रही अरुको सेवामा जुटन आजको आवश्यकता हो । आफ्नो संकल्पमा अडिग भई, उर्जा प्राप्त गरी मानव जीवनको रक्षार्थ खटी आफ्नो पेशाको मर्यादा कायम राख्न नर्स तथा मिडवाइफहरु सक्षम हुनुहुनेछ भनी परिषद्ले विश्वास लिएकोछ ।'

स्वास्थ्यकर्मीहरूकाे मनोबल उच्च राख्न र संक्रमितकाे ज्यान जोगाउनकाे लागि आवश्यक स्वास्थ्य जनशक्तिको व्यवस्था गर्नु तथा आवश्यक स्वास्थ्य सामग्री, अत्यावश्यक औषधी र अक्सिजनको व्यवस्था गर्न पनि सम्बन्धित निकायकाे ध्यानाकर्षण गरेकाे छ । 

सरकारी निकाय, निजी र शैक्षिक क्षेत्र संस्थालगायत सम्पूर्ण सरोकार वालाहरूको संलग्नतामा यसको समाधानको उपाए खोज्नु आजको आवश्यकता भएकाे परिषदकाे ठहर छ । 

विज्ञप्तिमा भनिएकाे छ- 'असहज परिस्थितीमा नै नर्स, मिडवाइफ तथा स्वास्थ्यकर्मीहरुको पेशाको मर्यादा साबित हुने हुनाले यस परिस्थितीमा उच्च मनोबल र दृढ इच्छाशक्ति कायम राख्दै पेशागत आचारसंहिता पालना गरी आफ्नो पेशाको मर्यादालाई उच्च राख्दै आफ्नो कर्तव्यमा लाग्नुहुन सम्पूर्ण स्वास्थ्यकर्मीहरु तथा सम्बन्धित संघ संस्थामा कार्यरत स्वास्थ्य जनशक्तिलाई हार्दिक अनुरोध गर्दछौं ।'

 

Logo