भेरोसेल र जेएनजे खोपका लागि सरकारको प्राथमिकता कसलाई ?

भेरोसेल र जेएनजे खोपका लागि सरकारको प्राथमिकता कसलाई ?


चीनबाट आएको भेरोसेल खोप र अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन (जेएनजे) खोपका लागि कसलाई प्राथमिकतामा राख्ने भन्ने कुरा सरकारले स्पष्ट पारेको छ।

जसमा, प्राथमिकता अनुरुप खोप वितरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले देशभरका ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई पत्राचार पनि गरिसकेको छ।

भेरोसेल खोपको हकमा सरकारले ५५ वर्षभन्दा बढी उमेर समूहका कोभिडरिुद्ध पहिलो मात्राको खोप लगाउन बाँकि सबै नागरिकहरू, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक एवम् कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकहरू, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू र खोप अनिवार्य गरेका देशमा जान लागेका नेपाली नागरिकहरूलाई प्राथमिकतामा राखेको छ।

जेएनजे खोपको हकमा ५० देख ५५ वर्ष उमेर समूहका कोभिडरिुद्ध पहिलो मात्राको खोप लगाउन बाँकि सबै नागरिकहरू, पूर्ण र अति अशक्त अपांगता (वर्ग क र ख) भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू, र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी एवम् सरसफाइकर्मीहरूलाई प्राथमिकतामा राखिएको छ।
 

Skip This
Logo