अब अनलाइनमा नाम दर्ता गर्नेलाई मात्रै कोरोना खोप

अब अनलाइनमा नाम दर्ता गर्नेलाई मात्रै कोरोना खोप


अब अनलाइनमा नाम दर्ता गराउनेले मात्रै कोरोनाको खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो ।

काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्र अनुसार सो निर्णय भएको प्रमुख खड्काको भनाइ छ ।

त्यस उमेर समूहका नागरिकलाई नाम दर्ता गराउनसमेत उनले आग्रह गरेका छन् । यसअघि कोरोनाविरुद्ध खोपका लागि अनलाइन दर्ता गर्नेका लागि छिट्टै सूचना गरेर खोप दिन सुरु गर्ने उनले जानकार िदिए ।

Logo