दश प्रतिशत मानिस सुईको डरले खोप लगाउँदैनन्ः अध्ययन

दश प्रतिशत मानिस सुईको डरले खोप लगाउँदैनन्ः अध्ययन


कसैले पनि खोप लगाउन नचाहनुका पछाडि विभिन्न कारणहरू हुन सक्छन्। खोपप्रतिको अविश्वसनियता, ‘साइड इफेक्ट’को डर केही कारणहरू हुन्। 

सुईको डरले पनि मानिसहरू खोप लगाउन हिच्किचाउने गरेको सुन्दा हास्यास्पद लाग्न सक्छ। तर, मानिसहरूले खोप नलगाउनुका पछाडि यो मुख्य कारण रहेको तथ्य खुलेको छ। 

सयमा १० जना मानिसले सुईको डरले खोप नलगाउने गरेको क्याम्ब्रिज विश्वविद्यालयले गरेको एक अध्ययनले देखाएको छ। 

बेलायतका १५ हजार १४ वयस्कहरूमाथि गरिएको अनलाइन सर्भेबाट संकलित तथ्यांकको विश्लेषणबाट त्यस्तो निस्कर्ष निकालिएको हो। 

डेनियल फ्रिम्यान र उनका सहकर्मीले गरेको उक्त अध्ययन जुन ११ मा प्रकाशित भएको थियो। 

Skip This
Logo