आज ललितपुरमा जोन्सन खोप लगाइँदै

आज ललितपुरमा जोन्सन खोप लगाइँदै


ललितपुरमा आज जोन्सन एन्ड जोन्सन खोप लगाइदैछ । ललितपुर महानगरपालिकाले  जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई उक्त खोप लगाउने भएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारी, विदेश जानको लागि भिसा र टिकट लिएका व्यक्ति, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सञ्चारकर्मी तथा महानगरका उद्यमी व्यवसायीले यो खोप पाउने महानगरपालिकाले जनाएको छ ।

खोप पाटन ढोकाको पाटन मावि, जावलाखेल चोक र सातदोबाटोमा रहेको महेन्द्र आदर्श माविमा लगाउन पाइने महानगरपालिकाले जनाएकाे छ । 

Logo