बढ्न थाले चीनभित्रै कोरोना भाइरस सङ्क्रमित

बढ्न थाले चीनभित्रै कोरोना भाइरस सङ्क्रमित


कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थालेको समाचार छ । 

चीनमा आइतबार कोरोना भाइरसका ५५ जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । ती व्यक्तिहरू चीन भित्रैबाट सङ्क्रमित भएका पाइएको बताइएको छ ।

चीनको जाङ्सुमा मात्र स्थानीय रूपमै सङ्क्रमण भएका ४० जना सङ्क्रमित भेटिएका बताइएको छ । त्यसैगरी हुनान, लियानिङमामा अरु सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रमा विगतका केही दिनदेखि निरन्तर रूपमा नयाँ नयाँ सङ्क्रमित देखिन थालेका छन् । 

स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ । चीनले कोरोना निको भएका नागरिकको पुनःस्वास्थ्य जाँच शुरु गरेको छ । 

देशभित्रै अर्थात् स्थानीय रूपमै चीनमा सङ्क्रमितहरू देखिन थालेपछि ती क्षेत्रहरुमा निको भएका बिरामीहरुमा पनि यहाँका स्थानीय स्वास्थ्य अधिकारीहरूले ध्यान दिन थालेका छन् । उनीहरुको पुनःस्वास्थ्य परीक्षण गर्ने काम थालिएको छ । रासस
 

Logo