हेल्थटिप्सः मधुमेह भएकाे कसरी थाहा पाउने, के छ बच्ने उपाय?

हेल्थटिप्सः मधुमेह भएकाे कसरी थाहा पाउने, के छ बच्ने उपाय?


जसको रगतमा चिनीको मात्रा उच्चरुपमा हुन्छ, उनीहरू डायबिटीज अर्थात् मधुमेहको बिमारी हुन्छन्। यदि यसको समयमै जाँच गरिएको छैन भने तपाईंलाई छाला र आँखा सम्बन्धी समस्याहरू, मुटु, किड्नी, दिमाग र स्नायु प्रणाली सम्बन्धी गम्भीर समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। 

मधुमेह यस्तो रोग हो, जसको कुनै औषधि छैन। यसलाई जीवनशैली, आहार र खानपानको बदलावको मद्दतबाट मात्र नियन्त्रणमा राख्न सकिन्छ। एक पटक मधुमेह भएमा, यो जीवनभर बोझ बन्छ। यसले कलेजो, हार्टअट्याक, किड्नी, ब्रेन स्ट्रोक जस्ता धेरै रोगहरू निम्त्याउन सक्छ। शरीरमा इन्सुलिनको मात्राको लागि पनि मधुमेह जिम्मेवार हुन्छ। मधुमेहका बिरामीहरू नेपालमा मात्र नभई विश्वभरि नै बढ्दैछन्, यसको ठूलो कारण हो गलत खाना र जीवनशैली। 

त्यसैले, हामीले मधुमेहलाई हल्का रूपमा लियौं भने, यो खतरनाक हुन सक्छ । मधुमेहले विस्तारै शरीरको बाँकी भागलाई पनि असर गर्छ, त्यसैले यसलाई स्लो किलरको रूपमा पनि चिनिन्छ । यो रोगका कारणले, व्यक्तिले निरन्तर आफ्नो सुगर लेभल चेक गराइरहनु पर्दछ र त्यसलाई नियन्त्रणमा राख्न खानपानमा समेत ध्यान दिनु पर्दछ।

मधुमेहको कारण

व्यायाम नगर्नु।
कम निन्द्रा
अस्वस्थ आहार 
धेरै गुलियो खाना
शरीरमा पानीको अभावले चिनीको मात्रा बढाउन सक्छ
मोटोपन
फास्टफुड वा सफ्ट ड्रिंक्सको ज्यादा सेवन
मैदा र रिफाइड आयलको ज्यादा प्रयोग

मधुमेहबाट कसरी बच्ने ?
१. शरीरलाई चुस्त राख्नुहोस्: शरीरलाई आराम दिनुको साथसाथै यसलाई चुस्त राख्नु पनि जरुरी छ ।  दैनिक कम्तिमा ३०  मिनेट हिड्नुहोस् वा केही प्रकारको कसरत गर्नुहोस् । यसले मधुमेह मात्र नभई धेरै रोगहरुबाट राहत दिन्छ । दैनिक अधिकतम पैदलयात्रा गर्नुहोस्, जागिंङको लागि जानुहोस्, शरीरलाई आलस्यको शिकार हुन नदिनुहोस् ।

२. वजन नियन्त्रणः अधिक वजनले मधुमेहको जोखिमलाई बढाउँछ, त्यसैले जीवनशैलीमा परिवर्तन महत्वपूर्ण हुन्छ । कसरत गर्नुहोस्, स्वस्थ चीजहरू खानुहोस्, एकै ठाउँमा नबस्नुहोस्, प्रशस्त पानी पिउनुहोस् । दैनिक कम्तिमा १० गिलास पानी पिउनुहोस् ।

३. खानपानमा नियन्त्रण: शरीरको स्वास्थ्यको लागि सही खाना धेरै महत्वपूर्ण छ। स्वास्थ्य खानाले मधुमेह मात्र नभई धेरै रोगहरूबाट बच्न सकिन्छ। उच्च क्यालोरी वा गुलियो र चिल्लो पदार्थ खाने बानीबाट टाढा रहनुहोस्, यसले मधुमेहलाई बढावा दिन्छ । यस बाहेक, बजारमा उपलब्ध जुस, कोल्ड ड्रिंक, सोडाले पनि मधुमेहलाई बढावा दिन्छ।

Skip This
Logo