हेल्थ टिप्सः व्रत सकिएपछि के खाने, के नखाने?

हेल्थ टिप्सः व्रत सकिएपछि के खाने, के नखाने?


तीजका अवसरमा धेरै महिला व्रत बस्छन्। निराहार व्रत बसी यो पर्व विशेष रुपमा मनाउने गरिन्छ। कहिलेकाहीँ व्रत बस्नु स्वास्थ्यका लागि फाइदाजनक पनि हुने मानिन्छ। तर लामो समय भोकै बसेर खाँदा खाने कुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ।

व्रत सकेपछि के खाने के नखाने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने  विज्ञहरुको सुझाव छ। धर्मशास्त्रका अनुसार व्रत  सकिएपछि अन्न खान नहुने भनिन्छ। तर व्रत सकिएपछि फलफूल र झोलयुक्त पदार्थ भने खान मिल्ने धार्मिक विशेषता छ।

के खाने के नखाने ?

-व्रतमा साबदाना शुद्ध दूध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ।

-सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ।

-व्रत बस्दा दूधमा बदाम भिजाएर पनि खान सकिन्छ।

-व्रतको दिन वा सकिएपछि केही छिन रिलिफको लागि कोल्ड ड्रिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ।

-खाली पेटमा तत्काल चिया पिउनु पनि ठिक होइन।

-मसलेदार खाना खानु राम्रो हुँदैन।

-रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ। यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ। खानासँग सलादको मात्रा धेरै खानुपर्छ।

-व्रत बस्दा चिल्लो र पिरो खानुहुँदैन।

Logo